लाभांश वितरण प्रयोजनका लागि ‘हिमालयन ८०-२०’ कहिले गर्दैछ बुक क्लोज ?
काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गतको ‘हिमालयन ८०–२०’ योजनाले गत आर्थिक वर्ष २०८१–८२ का लागि १६.१६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
लाभांश घोषणासँगै बुक क्लोज मिति पनि तय गरेको छ ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलका अनुसार लाभांश वितरणका लागि भदौ २७ गते एक दिन बुक क्लोज गरिने भएको छ । यसका आधारमा भदौ २६ गतेसम्म कायम इकाइधनीहरूलाई मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
















