इन्भेष्टमेण्ट बैंकले महिला उद्यमी महासंघका सदस्यलाई सेवामा बिशेष छुट दिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) बिच व्यावसायिक सम्झौता भएको छ ।
बैंक र संघबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे र महिला उध्मी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर गरेका छन् ।
सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।
सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु ९जततउकस्ररधधध।लष्mद।अयm।लउरउभचकयलब(िदबलपष्लनरदचबलअजभक० मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिनेछ ।
सम्झौताबाट महिला उद्यमी महासंघका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।













