भदौ २४ गते हुने भनेको नाडाको विशेष साधारण सभा स्थगित
काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २४ गतेका लागि तय गरिएको विशेष साधारण सभा स्थगित गरेको छ।
नाडाले बिहीबार एक सूचना प्रकाशित गर्दै भदौ १९ गते बसेको २२औँ केन्द्रीय कार्य समिति बैठकको निर्णयअनुसार सभा स्थगित गरिएको जानकारी दिएको हो।
बैठकले ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा मङ्गलबार ९भदौ २४ गते० हुने भनिएको विशेष साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति तोकी पुनः सूचना प्रकाशित गरिने जनाएको छ। साथै, यस सम्बन्धमा सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइएको उल्लेख गरिएको छ।












