जेनजी आन्दोलनः तीन पत्रकारलाई लाग्यो प्रहरीले चलाएको गोली
काठमाडौं । काठमाडौंको जेनजी आन्दोलनमा समाचार संकलनका लागि गएका कान्तिपुर टेलिभिजनका पत्रकारलाई गोली लागेको छ ।
नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनको दृष्य संकलन गरिरहेका पत्रकार श्याम श्रेष्ठलाई प्रहरीको गोली लागेको हो । श्रेष्ठको पाखुरामा गोली लागेको छ।
यस्तै नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की प्रहरीले चलाएको रबरको गोली लागेर घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि नजिकेको सिभिल अस्पतालमा लगिएको छ ।












