२३ भदौ २०८३, मंगलबार

जेनजी प्रदर्शनः मृतकको संख्या १७ पुग्यो



काठमाडाैं । प्रदर्शनमा घाइते भएका थप २ जनाकाे मृत्यु भएकाे छ । ट्रमा सेन्टरमा उपचाररत थप दुई जनाको मृत्यु भएको हाे ।

ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने सिभिलमा ३, एभरेष्टमा ३, केएमसीमा १, त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भइसकेको छ ।

याेसँगै जेनजीहरूको प्रदर्शनमा घाइते भएका मध्ये मृत्यु हुनेकाे संख्या १७ पुगेकाे हाे ।