जेनजी प्रदर्शन: इटहरीमा गोली लागेर २ जनाको मृत्यु
काठमाडौं । सुनसरीको इटहरीमा जेनजी प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको हो ।
मृतकको उमेर क्रमशः २५३० वर्ष रहेको प्रहरीले जनाउको छ । उनीहरको पूरा पहिचान भने अहिलेसम्म खुलेको छैन ।
घाइते भएपछि उनीहरूलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका हुन् । इटहरीमा गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार भइरहेको छ ।












