राष्ट्रपति कार्यालयमा आगजनी
काठमाडौं । राजधानीको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा प्रदर्शनकारीले आगो लगाएका छन् ।
जेनजी आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीहरूले सत्ता र प्रशासनका मुख्य केन्द्रहरूलाई लक्षित गर्दै तोडफोड र आगजनी तीव्र बनाएका छन् ।
राष्ट्रपति निवासलगायत शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत र अख्तियार आयोगसम्म आन्दोलन फैलिएको छ ।















