१३ कार्तिक २०८३, शुक्रबार

केहीबेरमा राष्ट्रका नाममा प्रधान सेनापतिको सम्बोधन



काठमाडौं । चर्किंदो जेनजी आन्दोलनको बीचमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् ।

सरकारका शीर्ष सुरक्षा निकायहरूको संयुक्त अपिलपछि सेनाले एकल वक्तव्य जारी गर्दै सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आग्रह गरिसकेको छ । त्यसैको सिलसिलामा प्रधानसेनापतिको सम्बोधन हुन लागेको हो ।

देशको सुरक्षा अवस्था जटिल बन्दै जाँदा सिग्देलको सम्बोधनमा कस्तो सन्देश आउँछ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।