स्थिति नियन्त्रणमा लिन बिहानै देखि सडकमा सेना - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

स्थिति नियन्त्रणमा लिन बिहानै देखि सडकमा सेना



काठमाडौँ । काठमाडौँमा सडकहरूमा नेपाली सेनाले चहलपहल बढाएको छ ।

नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको थियो । तनाव साम्य नभएर १० बजेदेखि सक्रिय हुने विज्ञप्तिमार्फत जानकारी दिएको थियो। सोही अनुसार अहिले नेपाली सेनाले उपस्थिति बढाइरहेको छ ।

काठमाडौँमा संवेदनशील क्षेत्रहरूमा हतियारसहित सेनाले सुरक्षा दिइरहेको छ । केही अराजक तत्त्वले पशुपतिनाथ मन्दिरको मूलद्वारा आगजनी प्रयास गरेपछि केही बेरअघि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।

अवस्था सामान्य पर्न सेना परिचालन गरिएको भन्दै नेपाल सेनाले जनता र प्रदर्शनकारीलाई सहयोगका लागि अपिल समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्