यो साता सेयर कारोबार नहुने
काठमाडौं । देशको असहज परिस्थितिका कारण सेयर बजार आज पनि बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भदौ २४ देखि सुरु भएको कारोबार बन्दलाई आज र भोलि ( भदौ २५ र २६ गते) सम्म निरन्तरता दिएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालको विषम परिस्थिति एवम् कारोबार सदस्इ तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगत गरिएको छ । । सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार हाल दुई दिनको कारोबार बन्द हुने भएको छ ।













