जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३० पुग्याे
काठमाडौं । सोमबार देखि देशभर चलेको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बुधबार बिहानसम्म १९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भए पनि साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मृतकको संख्या बढेको जनाएको छ ।
मन्त्रालयले बुधबार अपराह्न जारी गरेको तथ्यांकअनुसार, देशभरका विभिन्न अस्पतालहरूमा भर्ना भएका घाइतेमध्ये थप मृत्यु भएपछि मृतक संख्या बढेर ३० पुगेको हो ।
मन्त्रालयका अनुसार, पछिल्ला केही दिनयता आन्दोलन तीव्र हुँदै जाँदा विभिन्न स्थानमा भएको भिडन्त र सुरक्षाकर्मीको हस्तक्षेपका कारण घाइतेको संख्या करिव ४०० पुगेको छ । तीमध्ये गम्भीर घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।












