खरानी टकटक्याएर जनताको सेवामा जुट्दै नेपाल प्रहरी
काठमाडौँ । भदौ २३ र २४ को जेनजीले गरेको आन्दोलनका कारण देशभरका अधिकांश प्रहरी चौकीहरु ध्वस्त भए ।
आन्दोलनकारीको निसानामा परेको चौकी जलेर खरानी भए । प्रहरी जवानहरूले खरानी पन्छाएर नागरिकलाई सेवा दिन सुरु गरेका छन् ।
शनिवार दरबारमार्ग प्रकरी चौकी पुग्दा प्रहरी जवानहरू जलेका गाडिदेखी अन्य सामानहरू पन्छाउँदै थिए । खरानी पन्छाएर नागरिकमा सेवा प्रवाह गर्नु उनीहरूको कर्तव्य हो ।
जलेका भवनबाट भए पनि सुरक्षाकर्मीहरूले सेवा दिन थालेका छन् । जेन जी आन्दोलनमा पुर्णरुपमा क्षति भएको भवनलाई सफा गरी तोडफोड भएको भवनबाटै भए पनि सुरक्षार्कीले सेवा दिन सुरु गरेका हुन् ।
आन्दोलनकारीले ध्वस्त बनाएका प्रहरी चौकी सरसफाइ गरी पुनः सञ्चालनमा ल्याउने काम थालेका हुन् । जेनजी पुस्ताको आन्दोलनमा हिंसक समूहले प्रहरी चौकीमा लुटपाटसहित आगजनी गरेर ठुलो क्षति पुर्याएका थिए ।
ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा पुनः सञ्चालन गर्ने तयारी सुरु भएको छ । बिहानैदेखि प्रहरीहरूले आफै सरसफाइमा खटेर सेवा दिन थालेका छन् ।
कार्यालयमा आगजनीका कारण करोडौंको क्षति भएको छ । अब पुनः निर्माणका लागि सरकारी तथा स्थानीयवासी दुवैको सहयोग आवश्यक छ ।
प्रहरीसँग रहेका ड्रेस, मोटरसाइकल, गाडी सबै जलेर नष्ट भएका छन् । ‘कमसे कम अरू चिज पछि भए पनि हुन्छ, तर ड्रेस तत्काल आवश्यक छ ।’ ‘कार्यालय सञ्चालन सुरु गरेका छौँ तर पूर्ण रूपमा व्यवस्थित गर्न अझै समय लाग्ने छ ।’ एक प्रहरी अधिकारीले अर्थपथसंग भने ।
२०८२ भदौ २३ का दिनबाट देशव्यापी रूपमा सुरु भएको सरकार विरुद्धको जेन जी आन्दोलनले गर्दा आगजनी भएका भवनहरू अवस्था निकै जोखिमयुक्त रहेका छन् । जनताको हित र सेवाका लागी जलेर खरानी भएको भवनबाट सेवा दिन बाध्य भएको सुरक्षाकर्मी सुरक्षाकर्मीले जनाएका छन् ।













