स्थगित शैक्षिक गतिविधि आइतबारदेखि सुरु
काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित शैक्षिक गतिविधि आइतबारदेखि फेरि सुरु भएका छन् । सामुदायिकदेखि निजी विद्यालयसम्म क्रमश: सञ्चालनमा आएका हुन् ।
आइतबार शिक्षक तथा कर्मचारीले विद्यालय सरसफाइ कार्य भइरहेका छन् । नियमित कक्षा संचालन भने भोलि अर्थात् भदौ ३० गते सोमबारदेखि सुरु हुनेछ ।














