१२ कार्तिक २०८३, बिहिबार

सामान्य अवस्थामा फर्किंदै आपूर्ति, वस्तु सञ्चय नगर्न विभागको निर्देशन



काठमाडौं । भदौ २३ र २४ गतेको भएको आन्दोलन र त्यसबाट सिर्जित विषम परिस्थिति अहिले सामान्यीकरण हुँदै आएको छ ।

अहिले दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको आपूर्ति सहज हुँदै गएकाले अत्यावश्यक वस्तु सञ्चय नगर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी र उपभोक्तालाई आग्रह गरेको छ ।

विभागले हालको परिस्थिति सामान्य हुँदै गएकाले बजारमा अभाव सिर्जना नहोस भन्ने उद्देश्यले उत्पादक, विक्रेता, ढुवानीकर्ता लगायत निजी क्षेत्रलाई माग, आपूर्ति र मूल्यमा असर पर्ने क्रियाकलाप नगर्न सचेत गराएको छ ।

उपभोक्तालाई पनि आवश्यकता भन्दा बढी किनमेल नगर्न पनि अनुरोध गरिएको छ ।