१२ कार्तिक २०८३, बिहिबार

ठमेलमा राति १० बजेपछि व्यवसाय सञ्चालन गर्न नपाइने



काठमाडौं । ठमेल क्षेत्रका साना व्यवसाय र मदिरा पसलहरू अब राति १० बजेपछि सञ्चालन गर्न नपाइने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले रातिको समयमा चोरी, लुटपाट र झैंझगडाका घटना बढ्दै गएको भन्दै सुरक्षा चुनौती न्यूनीकरण गर्न यस्तो निर्णय लिएको हो ।

सडकमा बढ्दो भिडभाड र अवाञ्छित गतिविधिका कारण समयसीमा तोकिएको हो ।

रातभर खुला साना मदिरा पसल र ठेलागाडाका कारण ठूला व्यवसायहरू प्रभावित भएको रात्रिकालीन व्यवसायीहरूको गुनासो छ ।

परिषद्ले पर्यटन सिजन नजिकिँदै गर्दा ठमेललाई सुरक्षित र व्यवस्थित बनाउन सबै व्यवसायीलाई सहयोग गर्न आग्रह गरेको छ ।