काठमाडौं प्रहरीको अपरेशन कमाण्डमा फेरबदल, कसलाई कुन जिम्मेवारी ?
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरको अपरेशन कमाण्डरमा एसपी पवन भट्टराई पुन: जिम्मेवारी पाएका छन् ।
अघिल्लो वैशाखमा मात्र पाल्पा जिल्ला प्रहरी प्रमुख बनेका भट्टराईलाई पुन: काठमाडौं फिर्ता बोलाइएको हो । उनले अपरेशन कमाण्डको जिम्मा पाएका हुन् ।
पाल्पामा भने अब एसपी दीपेन्द्र पञ्जियार थारु जिम्मेवारी सम्हाल्नेछन् ।
प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनपछि उपत्यकाको सुरक्षा सुदृढ बनाउन आठवटा सुरक्षा सेक्टर बनाएको छ । प्रत्येक सेक्टरको नेतृत्व एसपी तहका अधिकृतहरूले गर्नेछन् ।
यस्तै, कालिमाटी, कीर्तिपुर, थानकोटमा एसपी दीपक श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यस्तै, बानेश्वर, सिंहदरबारमा रुगम कुँवर, सातदोबाटोमा एसपी कवित कटुवाल, दरबारमार्ग, जनसेवा, सोह्रखुट्टेमा रामेश्वर पौडेल, बालाजु, स्वयंभूमा डीबी मल्ल, गौशाला, बौद्धमा एसपी केशव भट्टराई र महाराजगञ्ज, मालिगाउँमा एसपी बालनरसिंह राणाले जिम्मेवारी पाइएको छ । अब उनीहरुले आ–आफ्नो क्षेत्रमा सुरक्षा व्यवस्थापन, समन्वय तथा परिचालन जिम्मेवारी सम्हाल्नेछन् ।















