शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न यूनिभर्सल पावरले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न यूनिभर्सल पावरले बोलायो साधारण सभा



काठमाडाैं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरणपछिको हकप्रद शेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ।

कम्पनीले साधारण सभा असोज २३ गते, बिहीबारका दिन दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेडेवल, ललितपुरमा बोलाएको हो। सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हालको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसअनुसारको कर तिर्नका लागि ०।४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस वितरणपछि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

त्यससँगै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, र २ जना सञ्चालकको निर्वाचन लगायतका अन्य महत्वपूर्ण प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, असोज ७ गतेसम्म नेप्सेमा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरू सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


प्रतिक्रिया दिनुहोस्