बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, ४ लाख ३४ हजार १०८ जनाले पाए सेयर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, ४ लाख ३४ हजार १०८ जनाले पाए सेयर



काठमाडौं । सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ ।

कम्पनीको आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता सेयर गत भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

आईपीओमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता सेयरको लागि आवेदन दिएका थिए । गोलाप्रथा प्रक्रियामा ४ लाख ३४ हजार १०८ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्