बिदाको दिन पनि एनओसी जारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि वैदिशिक अध्ययनका लागि विद्यार्थीको अनुरोधमा अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ ।
सानो थिमस्थित एनओसी शाखाले विद्यार्थीहरुको आवश्यकताका आधारमा आज पनि एनओसी जारी गरेको हो । आज सरकारले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सार्वजनिक बिदा दिएको छ ।
तर, शाखाले भने एनओसी जारी गरेको छ । बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले विभिन्न विद्यार्थीलाई एनओसी प्रदान गरेको जनाएको छ ।













