बजारमा थपियो ८ अर्ब २४ करोड बराबरको सेयर, साढे ७ अर्बको आइपीओ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बजारमा थपियो ८ अर्ब २४ करोड बराबरको सेयर, साढे ७ अर्बको आइपीओ



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक महिनामा ८ अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार साउनमा थप ८ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । त्यसमध्ये सबैभन्दा धेरै आइपीओ (साधारण सेयर) रहेको छ । साउनमा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ सूचीकृत भएको हो ।

यस्तै, ७१ करोड ८५ लाख बराबरको बोनस सेयर र २ करोड २५ लाख बराबरको हकप्रद सेयर सूचीकृत भएका छन् ।


प्रतिक्रिया दिनुहोस्