खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन हो।

कम्पनीले हाल कायम १ कित्ता शेयरको सापेक्षमा १ नयाँ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गरेको छ। यस अन्तर्गत, कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गरेको छ।

हकप्रद शेयर जारी गर्नका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो, र यसका आधारमा असार २६ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले आजसम्म हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्