३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का, १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने



काठमाडौं । सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले ३ करोडभन्दा माथि लागत भए पनि आयोजना बैंकमा प्रविष्ट नभएका, एलएमबीआईएसमा प्रविष्ट गरेर पनि आयोजना बैंकमा राखिएका वा राजनीतिक दबाबका कारण सूचीमा समावेश गरिएका आयोजना समेत रोक्का गर्ने निर्णय गरेको छ

अर्थमन्त्री रामेश्वर खनालले यसबाट चालु खर्चसहित करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम बचत हुने बताए ।यसरी बचत भएको रकम राष्ट्रिय गौरवका आयोजना तथा ठूला पूर्वाधार निर्माणलाई द्रुत गतिमा अघि बढाउन मद्दत पुग्ने उनकाे भनाइ छ ।

यस्तै उनले रोक्का गरिएका आयोजनाबाट बाँकी भुक्तानी दिनुपर्ने निर्माण व्यवसायीलाई रकम उपलब्ध गराइने समेत जानकारी दिए ।

यसैबीच, सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय पनि गरेको छ । उक्त कोषमा नेपालभित्र वा बाहिरबाट योगदान गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूले सीएसआर अन्तर्गतको रकम कोषमा राख्न पाउने र त्यस रकमलाई कर कट्टीमा समेत सुविधा दिइनेछ ।


प्रतिक्रिया दिनुहोस्