शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडाैं ।भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला भएकाे शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ।
अब कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा अब असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।













