सरकारले रोक्यो आर्थिक रूपमा कमजोर संस्थानमा थप लगानी, सेयर जारी गर्न पनि नपाउने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारले रोक्यो आर्थिक रूपमा कमजोर संस्थानमा थप लगानी, सेयर जारी गर्न पनि नपाउने



काठमाडौं । सरकारले आर्थिक रूपमा कमजोर र प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारी लगानी व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो ।

सरकारका लगानी भएका संस्थाहरुले अब आर्थिक स्थिति कमजोर भएका अवस्थामा थप लगानी गर्ने छैनन् । यसले भविष्यमा सरकारको वित्तीय अवस्थालाई सुधार्नमा मद्दत पुर्याउने अर्थमन्त्रालयको विश्वास छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट संचालित आयोजना र नागरिक प्रतिको दायित्व बहन गर्नुपर्ने विषयका आयोजनका लागि मात्र सार्वजनिक संस्थानमा सेयर तथा ऋण लगानी गर्न, आर्थिक अवस्था कमजोर भएका तथा सावाँ–ब्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने ।’

यस्तो रोक्का अवधि भर सरकारको लगानी भएका संस्थानहरुले हकप्रद सेयर तथा थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्न नपाउने भएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुल उपर गर्न सम्वन्धित मन्त्रालय जवाफदेही हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्