साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, सुस्तायो कारोबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, सुस्तायो कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २.३५ अंकले घटेर २६ सय ५२ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३ हजार ७४० कित्ता सेयर ३ अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ ।

बुधबार ३१७ कम्पनीकाे ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४ अर्ब १२ कराेड ४८ लाख २१ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

घटेकाे बजारमा आज व्यापार समुह १.३६, म्युच्युअल फण्ड ०.५०, लगानी समुह ०.२१ र बैंकिङ समुह ०.१२ प्रतिशतले बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर मूल्य घटेकाे छ । आज हाेटल तथा पर्यटन समुह सर्वाधिक १.४९ प्रतिशतले घटेकाे छ ।


प्रतिक्रिया दिनुहोस्