७ श्रावण २०८३, बिहिबार

दशैंको मुखैमा मालामाल भए यी कम्पनीका लगानीकर्ता, कसले कति कमाए ?



काठमाडौं । दशैंकको मुखैमा १०० बढी कम्पनीका लगानीकर्ताले कमाएका छन् । साताको अन्तिम कारोबार दिन १०७ कम्पनीको सेयर भाउ वृद्धि भएको छ ।

उक्त दिन हिम स्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ६३ रुपैयाँ बढेर ६९३ रुपैयाँ कायम भएको छ ।

यस्तै, प्रभू बैंकको ऋणपत्र २०८६ (१०.२५ प्रतिशत) को सेयर भाउ पनि ८.०७ प्रतिशत वृद्धि भएको छ ।

यता, कालिका पावरको सेयर भाउ पनि ६.७२ प्रतिशत, गुराँस लघुवित्तको ६.२९ प्रतिशत, सानिमा डिवेन्चर २०८७ को ६.२३ प्रतिशत वृद्धि भएको छ । आज यीसहित १०७ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्