निकोलस भुसालसहित १४ जना युवा प्रदर्शनकारी माइतिघरबाट पक्राउ
निकोलस भुसालसहित १४ जना युवा प्रदर्शनकारी माइतिघरबाट पक्राउ
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजीका समूहका युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डा निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अहिले प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।













