११ श्रावण २०८३, सोमबार

मंगलबारदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने

मंगलबारदेखि सर्वोच्च अदालतमा रिट दर्ता खुल्ने



काठमाडौं । सर्वोच्च अदालतले आउँदो मंगलबार (असोज २८) देखि रिट दर्ता खुला गर्ने निर्णय गरेको छ ।

सर्वोच्चको पूर्ण बैठकले आइतबार यस्तो निर्णय गरेको हो ।

भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण अदालतको नियमित कामकाज स्थगित गरिएको थियो । त्यसयता अत्यावश्यक र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा बाहेक अन्य कार्य रोकिएको थियो ।