तिहारमा ४० करोडको फूल कारोबार हुने : ४० लाख सयपत्री, साढे ५ लाख मखमली माला खपत हुने
तिहारमा ४० करोडको फूल कारोबार हुने : ४० लाख सयपत्री, साढे ५ लाख मखमली माला खपत हुने
काठमाडौं । आउँदै गरेको तिहार पर्वमा करिब ४० लाख थान सयपत्री र साढे ५ लाख थान मखमली माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा मात्रै ४० करोड रुपैयाँ बराबरको फूल कारोबार हुनेछ । शहरी क्षेत्रका उपभोक्ताले मुख्य रूपमा माला खरिद गर्ने बताइएको छ ।
साढे ५ लाख मखमली मालामध्ये २ लाख थान माला निर्यात हुने तयारी छ । सयपत्री मालाको होलसेल मूल्य ८०–८५ रुपैयाँ र मखमलीको ४०–४५ रुपैयाँ पर्न सक्नेछ । खुद्रा बजारमा भने यी माला ६५ देखि १२५ रुपैयाँसम्म पर्नेछन् ।
भारतबाट औपचारिक आयात नभए पनि अवैध रुपमा माला भित्रिने सम्भावनालाई लिएर सतर्कता अपनाउन एशोसिएसनले आग्रह गरेको छ ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न काठमाडौँ महानगरले कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र सञ्चालन गर्ने र अवैध विदेशी माला बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।













