११ श्रावण २०८३, सोमबार

११ किलो गाँजासहित तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

११ किलो गाँजासहित तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ



काठमाडौं । थाइल्यान्डको बैंककबाट नेपाल ल्याइएको ११ किलो २७५ ग्राम गाँजासहित तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर रहेका छन् ।

उनीहरू एयर एसियाको उडानमार्फत काठमाडौं आइपुगेका थिए । विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागेपछि जाँच गर्दा लागुऔषध फेला परेको हो ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।