सुन तस्करी प्रकरण : पूर्व सभामुख महरा विरुद्ध थुनछेक बहस आज
सुन तस्करी प्रकरण : पूर्व सभामुख महरा विरुद्ध थुनछेक बहस आज
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।
ललितपुरको खुमलटारबाट आइतबार प्रहरीले पक्राउ गरेका महरामाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करीमा संलग्न भएको अभियोग लागेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले करिब दुई महिना लामो अनुसन्धानपछि उनीमाथि ८ करोड ५५ लाख रुपैयाँ बराबरको बिगो र तीन वर्षसम्मको कैद सजाय माग गर्दै पूरक अभियोग दायर गरेको हो ।
९ किलो सुन तस्करी प्रकरणमा महरासहित भन्सार नासु रेवन्त खड्का लगायत ६ जनालाई आरोपी बनाइएको छ ।













