जग्गा बिक्रीमा संघसंस्था, मठ–मन्दिर र ट्रष्टलाई कडाई, अब सजिलै बेच्न नपाइने
जग्गा बिक्रीमा संघसंस्था, मठ–मन्दिर र ट्रष्टलाई कडाई, अब सजिलै बेच्न नपाइने
काठमाडौं । काठमाडौं जिल्लामा मठ–मन्दिर, ट्रष्ट र संघसंस्थाका नाममा रहेका जग्गा तथा अचल सम्पत्तिको अवैध कारोबार माथि प्रशासनले कडाइ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वनिर्देशको स्मरण गराउँदै यस्ता सम्पत्ति बिक्री–वितरण नगर्न कडाइका साथ सचेत गराएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा केही संस्थाले प्रतिबन्धका बाबजुद जग्गा बेच्ने प्रयास गरेको उल्लेख छ । त्यसअनुसार काठमाडौंका सबै मालपोत कार्यालयलाई यस्ता जग्गा लिखत पास नगर्न निर्देशन दिइएको छ ।
निर्देशन उल्लंघन भएमा सम्बन्धित व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।













