११ श्रावण २०८३, सोमबार

पूर्वसभामुख महराको बयान सकियो, थुनछेक बहस भोलि

पूर्वसभामुख महराको बयान सकियो, थुनछेक बहस भोलि



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिइसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

विद्युतीय चुरोट (भेप) भित्र लुकाइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका महराको मंगलबार बयान लिइसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

जिल्ला अदालत काठमाडौंमा आज भएको सुनुवाइमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै सुन प्रकरणमा कुनै संलग्नता नभएको बताएका छन् ।

उनले चिनियाँ नागरिक दाओजिन वाङसँग चिनजान पुरानो भएको र सञ्चारमन्त्री हुँदा उनी फलफूल लिएर भेट्न आएको मात्र बताएका छन् । भोलि बुधबार उनको थुनछेक बहस हुने बताइएको छ ।