सभामुखको सर्वदलीय बैठक, संसद् विघटनबारे राय संकलन सुरु
सभामुखको सर्वदलीय बैठक, संसद् विघटनबारे राय संकलन सुरु
काठमाडौं । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रमुख दलहरूको सहभागिता रहेको छ ।
सभामुख घिमिरेले संसद पुनस्र्थापनासम्बन्धी विषयमा अदालत जानुपर्ने कि नपर्ने भन्नेबारे दलहरूको धारणा लिइरहेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नाउपा र जनमत पार्टी सहभागी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी भने अनुपस्थित रहेको छ ।
दलहरूसँगको छलफलपछि सभामुखले पूर्वमहान्याधिवक्ता, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै बैठक गर्ने तयारी गरेका छन्। अदालत जानुपर्ने नपर्नेबारे मिश्रित सुझाव आइरहेका छन् ।













