जेन्जी आन्दोलनले आर्थिक गतिमा असर, नेपालमा ५.२% आर्थिक वृद्धि हुने प्रक्षेपण
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यसअघि अप्रिलमा कोषले ५.५ प्रतिशत वृद्धि हुने अनुमान गरेको थियो ।
आईएमएफको नयाँ वल्र्ड इकोनोमिक आउटलुक अनुसार देशभित्रको ‘जेन्जी आन्दोलन’ जस्ता गतिविधिले आर्थिक गतिमा असर पारेको छ । यस्तै, विश्वबैंकले भने नेपालको वृद्धि दरलाई अझै बढी घटाएको छ ।
विश्व अर्थतन्त्रतर्फ हेर्दा, सन् २०२५ मा अमेरिकाको ट्यारिफ नीतिका कारण ग्लोबल वृद्धि दर ३.२ प्रतिशतमा सीमित हुने देखिएको छ ।
आईएमएफका अनुसार, युरोप र एसियाली बजारमा अनिश्चितता कम भए पनि व्यापार तनाव कायमै रहेको छ ।
आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभर गोरिन्चासका अनुसार अमेरिका–चीन व्यापार द्वन्द्व शान्त हुँदै गएकाले केही स्थायित्व देखिए पनि दीर्घकालीन समाधान टाढा नै छ ।













