तिहारको उमंगलाई उज्यालोले भर्दै सिजी एलईडि
काठमाडौँ । उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान सुरु गरेको छ ।
सिजीले उज्यालो भनेकै सिजी एलईडिहरु भन्ने मूल नारा सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो पुर्याउनु हो भन्ने मान्यता ।
सिजी एलईडिलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा कम्पनीले प्रस्तुत गरेको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ। २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सिजी एलईडि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाइट, ब्याटेन लाइट र विभिन्न रङ्गका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ।
चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित सिजीले यो अभियान सुरु गरेको हो। आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सिजी एलईडि उत्पादनहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन्।
सिजी इलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालका अनुसार सिजी एलईडिले केवल उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुसी र ताजगी पनि ल्याउँछ। नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौँ।”
सिजी एलईडि उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन्।













