प्रधानमन्त्री कार्कीले भनिन्,‘जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कसर नछोड्नू’
प्रधानमन्त्री कार्कीले भनिन्,‘जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कसर नछोड्नू’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचारमा कुनै पनि लापरवाही नहोस भन्ने स्पष्ट निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग बिहीबार छलफल गर्दै उनले स्वास्थ्य सचिव डा. विकास देवकोटा, सचिव डिल्लीराम शर्मा र मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीबाट घाइतेहरूको अवस्था बुझेकी हुन् ।
‘मैले सबैलाई भनिसकेकी छु, उपचारमा कमी हुनु हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूलाई धन्यवाद छ, तपाईंहरूको योगदान प्रशंसनीय छ।’













