२३ भदौ २०८३, मंगलबार

यमपञ्चकको पहिलो दिन आजकाल तिहार



काठमाडौं । हिन्दु नेपालीहरुको महान चार्ड दशैं सकिएपछि आजबाट तिहार शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन यमपञ्चक मनाईन्छ ।

त्रयोदशी तिथिमा धन्वन्तरी जयन्ती र धन त्रयोदशी (धनतेरस) पनि मनाइन्छ। पछिल्ला केही वर्षमा तिथिको घटबढले गर्दा यी पर्वहरू दुई दिन मनाउन थालिएको छ। यो वर्ष पनि शनिबार धनतेरस र आइतबार कागतिहार एवं धन्वन्तरी जयन्ती परेको छ।

हालैका वर्षमा मानिसहरूसँग खर्चयोग्य सम्पत्ति बढ्न थालेपछि ‘धनतेरस’ भन्दै भाँडाकुँडा किन्ने परम्परा मौलाएको छ। तर यो परम्परा काठमाडौँ उपत्यका र केही सहरी क्षेत्रमा मात्रै केन्द्रित छ। बाँकी नेपालमा यो पर्वलाई खासै महत्व दिइँदैन। त्यसैले सबैले मनाउने तिहारको पहिलो पर्व कागतिहार हो।

तिहार भनेकै काग तिहारबाट सरु हुन्छ । विशेषगरी काग तिहारको दिनमा मृत्युका देवता यमराजको सन्देश वाहकका रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ ।

काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ ।

काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझ पनि रहेको छ । काँक काँक गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुती रहेको छ।

काग एउटा बाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र मांशजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ ।त्यसैगरी हाम्रो सामाजमा कागलाई काकन्वेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ ।

हाम्रो सनातन संस्कारमा टेक्ने माटोदेखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि जङ्गलमा गर्जिने बाघसम्म, कुकुरदेखि काग अनि बोटविरुवासम्म सबै कुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकार गरीएको छ ।

विशेषगरी कागलाई सन्देश वाहक प्राणीको रुपमा लिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआँगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।

अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म तथा मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ । यसले पर्यावरण स्वच्छ राख्न पनि महत्वपूर्ण भूमिका निभाउँछ ।

मानवसभ्यता र प्रकृतिसँग जोडिएको पन्छी कागको पूजा गर्नुलाई मानिसले प्रकृतिमा रहेका जीवजन्तुलाई गर्ने प्रेम र सम्मानको रुपमा पनि बुझ्न सकिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ ।

काग तिहारको दिन यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ । तर यमदिप दान त्रयोदशी तिथि पर्ने सन्ध्यामा गर्नुपर्छ। यो साल शनिबार नै यमदिप दान गर्ने साइत थियो।