मनाङमा फसेका १५ सय नागरिक सेनाद्वारा उद्धार, दुई सय विदेशी पर्यटक पनि सुरक्षित
मनाङमा फसेका १५ सय नागरिक सेनाद्वारा उद्धार, दुई सय विदेशी पर्यटक पनि सुरक्षित
काठमाडौं । मनाङमा परेको भारी हिमपातपछि फसेका करिब १५ सय नागरिकलाई नेपाली सेनाले सुरक्षित स्थानमा उद्धार गरेको छ ।
सेनाका अनुसार तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका नागरिक र पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो । उद्धारमध्ये करिब दुई सय जना विदेशी नागरिक रहेका छन्।
उद्धार कार्यमा मनाङस्थित सेनाको नयाँ भैरवीदल गुल्मका सैनिक टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले पनि सहयोग गरेका थिए । सेनाले फसेका सर्वसाधारणलाई क्रमश: सुरक्षित क्षेत्रमा सारिएको जनाएको छ ।













