संसद्का पदाधिकारी र स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय
संसद्का पदाधिकारी र स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय
काठमाडौं । सरकारले संसद्का पदाधिकारी र सदस्यहरूको स्वकीय सचिवालयमा रहेका दरबन्दी घटाउने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा हेरफेर गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।













