१० श्रावण २०८३, आइतबार

एक महिनापछि स्थगित भयो नेप्से कर्मचारीको आन्दोलन

एक महिनापछि स्थगित भयो नेप्से कर्मचारीको आन्दोलन



काठमाडौं । एक महिनादेखि आन्दोलनरत नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का कर्मचारीले बुधबारदेखि आन्दोलन स्थगित गरेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाइँसँगको सहमति पश्चात कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

कर्मचारीहरूले आफ्नो माग पूरा गर्न व्यवस्थापनलाई समय दिने बताएका छन् । उनीहरू असोज ७ गतेदेखि व्यवस्थापनले बोनस कटौती गरेको भन्दै आन्दोलनमा थिए ।