सहकारी ठगी मुद्दा : लामिछाने र जोशीको सुनुवाइ आज
सहकारी ठगी मुद्दा : लामिछाने र जोशीको सुनुवाइ आज
काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा हुने भएको छ ।
उच्च अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न आदेश दिएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा दुवै प्रतिवादीको सामूहिक बिगो रकम करिब ११ करोड रुपैयाँ कायम गरिएको छ । हाल लामिछाने ललितपुर नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन् ।













