बबरमहल, माईतिघर र थापाथली हुदैँ चल्ने सवारी साधन क्युमा
बबरमहल, माईतिघर र थापाथली हुदैँ चल्ने सवारी साधन क्युमा
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन स्थानमा चल्ने सवारी क्यूमा रहेका छन् । उपत्यकाको बबरमहल, माईतिघर र थापाथली हुदैँ चल्ने सवारी साधन यतिबेला केही क्युमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यद्यपि, क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक अन्य मुख्य मुख्य चोकहरुमा सवारी साधन ट्राफिक ब्यबस्थापनका क्रममा केही समय चोकमा रोकिनु पर्ने बताइएको छ ।
नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ । काठमाडौँ उपत्यका लगायत यस आसपासका स्थानमा वर्षाले भिजेको सडकमा संयमित भई सीमित गतिमा सवारी साधन चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।













