१० श्रावण २०८३, आइतबार

जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमकाे आकस्मिक निधन

जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमकाे आकस्मिक निधन



काठमाडाैं । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको भाषण गरिरहेकै बेला बिहीबार आकस्मिक निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका गाैतम अचानक ढलेपछि मृत्यु भएकाे हाे ।

६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।