१० श्रावण २०८३, आइतबार

काठमाडौं उपत्यकामा वर्षा, अहिले कुन कुन स्थानमा छ सवारी जाम ?

काठमाडौं उपत्यकामा वर्षा, अहिले कुन कुन स्थानमा छ सवारी जाम ?



काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा अहिले सवारी जाम भइरहेको छ ।

काठमाडौंको जमल, केशरमहल, लैनचौर, खानिविभाग, टुकुचा, कोटेश्वर र जडिबुटीचोक हुँदै गुडन् सवारी साधन क्यूमा चलिरहेका छन् ।

मेट्रो ट्राफिक एफएमका अनुसार अन्य मुख्य चोकहरूमा पनि व्यवस्थापनका कारण केही समय सवारी रोकिनुपरेको छ । तर, नाकाहरूको आवागमन भने सामान्य रहेको जनाएको छ ।

उपत्यका र आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेको छ । वर्षाले भिजेको सडकमा चालकहरूलाई संयमित गति अपनाउन र सावधानीपूर्वक सवारी सञ्चालन गर्न सचेत गराइएको छ ।

यसैबीच, भारी वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमका कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी सडक खण्डमा आजै साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ । प्रशासनले यात्रुहरूलाई जोखिम कम गर्न रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।