१० श्रावण २०८३, आइतबार

हिडन भ्यालीमा फसेका १५ पर्यटकको उद्धार

हिडन भ्यालीमा फसेका १५ पर्यटकको उद्धार



काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका १५ जना पर्यटकको सकुशल उद्धार गरिएको छ । जसमध्ये तीन जना बेलायती नागरिक समेत थिए । उनीहरुको शुक्रबार सकुशल उद्धार गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पथ प्रदर्शकको संयुक्त टोलीले ४ हजार ९०० मिटरको उचाइमा रहेको बतासे डाँडाबाट उनीहरूलाई सुरक्षित निकालिएको जानकारी दिएको छ ।

धवलागिरी चक्रीय पदमार्गमा ट्रेकिङ गरिरहेका पर्यटकहरू ११ कात्तिकदेखि हिमपातका कारण फसेका थिए । १२ कात्तिकमा नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणसहितको टोलीले याक खर्कमा बेस बनाएर उद्धार प्रयास सुरु गरेको थियो । तीन दिनको प्रयासपछि शुक्रबार उनीहरू फेला पारेर जोमसोमतर्फ ल्याइँदैछ ।