अविरल वर्षाले धनकुटाको कोशी राजमार्ग भासियो, यातायात प्रभावित
अविरल वर्षाले धनकुटाको कोशी राजमार्ग भासियो, यातायात प्रभावित
विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित कोशी राजमार्गको चारखोले गोलाई क्षेत्रमा सडक भासिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शुक्रबार बिहान करिब ११:०० बजे राजमार्गको करिब १० मिटर खण्ड भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध उत्पन्न भएको छ । साना सवारीसाधनहरू भने जोखिम मोलेर एकतर्फी आवतजावत गरिरहेका छन् ।












