१० श्रावण २०८३, आइतबार

बञ्चरेडाँडामा स्थानीयको अवरोध, फोहर घरमै सुरक्षित राख्न महानगरको आग्रह

बञ्चरेडाँडामा स्थानीयको अवरोध, फोहर घरमै सुरक्षित राख्न महानगरको आग्रह



काठमडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा समस्या देखिएकोले फोहरमैला घरमै सुरक्षित राख्न स्थानीयलाई आग्रह गरेको छ ।

महानगरका वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै भनेको छ,‘स्थानीय अवरोधका कारण फोहर बिसर्जनमा असजिलो भइरहेको अवस्थामा अर्को सूचना नभएसम्म फोहर घरभित्र सुरक्षित तवरले राख्नुपर्छ । सडक वा सार्वजनिक स्थलमा फोहोर नफाल्न विशेष ध्यान दिनुहोला ।’

बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राख्दै फोहर बोकेको गाडी रोकेकाले उपत्यकामा फोहोर संकलनमा समस्या उत्पन्न भएको छ ।