हरि खड्का बने राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक
हरि खड्का बने राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक
काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी हरि खड्का नेपाली पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्ति भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सामाजिक सञ्जालमार्फत खड्कालाई एफसी एसियन कप २०२७ क्वालिफायरका लागि जिम्मेवारी दिइएको जनाएको छ ।
गत फागुनमा नियुक्त भएका प्रशिक्षक म्याट रोसले बिहीबार राजीनामा दिएपछि एन्फाले खड्कालाई नयाँ प्रशिक्षकका रूपमा चयन गरेको हो ।













