लाभांश पारित गर्न आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश पारित गर्न आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न मंसिर १२ गते साधारण सभा गर्ने भएको छ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) दिने प्रस्ताव परेको छ ।

सभामा अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुने कम्पनीले जनाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्